२०८३ साउन १० आइतबार

पेट्रोलियम पदार्थमा २ रुपैयाँले मूल्यवृद्धि

ई आर्थिक    बुधबार, फाल्गुन ५ २०७७
3.2K
Shares
पेट्रोलियम पदार्थमा २ रुपैयाँले मूल्यवृद्धि

ई–आर्थिक, काठमाडौं । नेपाल आयल निगमले सबैजसो पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनमा २ रुपैयाँले मूल्यवृद्धि गरेको हो ।

मङ्गलबार राति १२ बजेबाट लागू हुने गरी ती पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएको हो ।

नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ११४ रुपियाँ र डिजेल, मट्टीतेल प्रतिलिटर ९७ रुपियाँ कायम भएको छ । त्यसैगरी हवाई इन्धनमा भने आन्तरिकतर्फ मात्रै मूल्य बृद्धि भएको छ । नयाँ मूल्य अनुसार आन्तरिक हवाईतर्फ प्रतिलिटर २ रुपियाँ वृद्धि गरी ६७ रुपियाँ कायम भएको छ ।

निगमका अनुसार हवाई इन्धनको अन्तर्राष्ट्रियतर्फ र एलपी ग्यासको मूल्य भने पुरानै मूल्यलाई कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij