२०८३ साउन ९ शनिबार

नेपालमा प्रयोग गरिएको खोपलाई डब्ल्यूएचओको अनुमति

ई आर्थिक    मंगलबार, फाल्गुन ४ २०७७
13K
Shares
नेपालमा प्रयोग गरिएको खोपलाई डब्ल्यूएचओको अनुमति

बीबीसी । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले नेपालमा प्रयोग गरिएको कोभिशील्डसहित दुई देशमा निर्मित अक्सफर्ड-अस्ट्राजेनेका खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ ।

डब्ल्यूएचओले भारतको सीरम इन्स्टि्यूट अफ इन्डियाको कोभिशील्ड र दक्षिण कोरियाको अस्ट्राजेनेका-एसकेबायोले उत्पादन गरेको खोपलाई सूचीकृत गरेको हो ।

डब्ल्यूएचओले एक विज्ञप्तिमा ती खोपका गुणस्तर, सुरक्षा र प्रभावकारिताको अध्ययनपश्चात् सूचीकृत गरिएको बताइएको छ ।

अब ती खोपहरू कोभ्याक्समार्फत् वितरण गर्न योग्य भएका छन्। कोभ्याक्सअन्तर्गत नेपालले फेब्रुअरीको अन्त्यतिर साढे २२ लाख मात्रा कोभिशील्ड प्राप्त गर्ने विवरण आएका छन् ।

ती खोपको गुणस्तर, सुरक्षा र प्रभावकारिता एवं भण्डारण अवस्था अध्ययन चार हप्तामा गरिएको डब्ल्यूएचओले जनाएको छ । ती खोपहरूको प्रभावकारिता ६३ प्रतिशत पाइएको र १८ वर्षभन्दा माथि उमेरका सबैलाई लगाउन मिल्ने जनाइएको छ ।

डब्ल्यूएचओले यसअघि नै गत वर्ष डिसेम्बर ३१ मा फाइजर/बायोएनटेक खोपलाई यस्तो अनुमति दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij