२०८३ साउन १० आइतबार

ग्रीनलाइफको साधारण सेयरको बाँडफाँड शुक्रबार ७ गते हुँदै, मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा गरिने

ई आर्थिक    मंगलबार, फाल्गुन ४ २०७७
7.5K
Shares
ग्रीनलाइफको साधारण सेयरको बाँडफाँड शुक्रबार ७ गते हुँदै, मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा गरिने

ई–आर्थिक, काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावरको साधारण सेयर बाँडफाँड शुक्रबार ७ गते हुने भएको छ । उक्त हाइड्रोपावरको आइपीओमा १३ लाख ३७ हजार ९४२ जना आवेदकबाट २ करोड ३९ लाख ७६ हजार ६०० कित्ता शेयर खरिदको लागि आवेदन परेको बिक्री प्रबन्धक बिओके क्यापिटलले जानकारी दिएको छ । यो संख्या आइपीओको ७.३७ गुणा धेरै हो ।

मागभन्दा धेरै आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताका दरले शेयर वितरण हुने भएको छ ।

त्यस अनुसार ३ लाख २५ हजार १६५ जनाले मात्रै १० कित्ताका दरले शेयर पाउनेछन् । हालसम्म आवेदन दिएकामध्ये १० लाख १२ हजार अर्थात ७५.७ प्रतिशलले शेयर नपाउने देखिन्छ ।

ग्रीनलाइफ हाइड्रोपावरले माघ २३ गतेदेखि प्रतिशेयर १०० अंकित मूल्यका १८ लाख कित्ता र स्थानीय बासिन्दाका लागि जारी शेयरमा बिक्री नभएको १६ लाख ८६ हजार ४०० कित्ता गरी कुल ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो ।

त्यसमध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ६९ हजार ९२८ कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिएको छ । त्यसमध्ये बाँकी रहेको ३२ लाख ५१ हजार ६५२ कित्ताका शेयर सर्वसाधारणको लागि छुट्टाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij