ई–आर्थिक, काठमाडौं । सेयर बजारको सुधारको माग गर्दै सेयर बजारका लगानीकर्ताले आमरण अनसन सुरु गरेका छन् । पूजी बजार विकास अभियानका तर्फबाट तिलक कोइरालालगायतले आमरण अनसन सुरु गरेका हुन् । नेपाल स्टक एक्सचेन्ज लिमिटेड परिसरमा गरिएको आमरण अनसनमा कोराइलाले पुँजी बजार विकास र विस्तारका लागि गर्नुपर्ने काम नियामक निकाय नेपाल धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्सचेञ्जले नगरेको आरोप लगाएका छन् ।
पछिल्लो समय बजार सुधारका लागि आवश्यक कामहरु नगरेका कारण जोखिम बढेको उनको भनाई छ । जोखिम बढ्दा बजार विकासको कामहरु अवरुद्ध भएका कारण आफू अनसन बस्न बाध्य भएको कोइरालाले बताए ।
अहिले खासगरी १८ वटा कामहरु गर्नुपर्ने उनको तर्क छ । ति कामहरु १ वर्ष अगाडि नै गर्नु पर्ने थियो नगरिएको उनले बताए । यी काम नहुँदा सेयर बजारमा रिस्क बढेको उनको बुझाई छ । सरकारी पक्षबाट मागहरु पुरा नभएसम्म आफ्नो अनसनलाई जारी राख्ने उनले जानकारी दिए ।
१८ बुँदामा पहिलो ब्रोकर कम्पनीहरुको सञ्चालन तथा इजाजत नीतिमा पुनरावलोकन हुनु पर्ने, वाणिज्य बैंकहरुलाई मापदण्ड पुरा गरी ब्रोकर लाइसेन्स दिनु पर्ने, ब्रोकर कम्पनीहरु गाभ्ने गाभिने स्म्बन्धी नीतिगत व्यवस्था हुनुपर्ने, ब्रोकर कम्पनीहरुलाई मार्जिन कर्जा कारोबार गर्न इजाजत दिनु पर्ने लगायत रहेका छन् ।
त्यसैगरी नेप्सेमा सूचीकृत वास्तविक क्षेत्रका कम्पनीहरुको नियमनको लागि छुट्टै नियमनकारी निकाय स्थापना गर्नुपर्ने, नेप्समो रहेको सरकार र राष्ट्र बैंकको सेयर बिक्री गरी नप्सेको पुनरसंरचना गर्नु लगायतका विषयहरु रहेका छन् । यी मागहरु डेढ वर्ष पहिले लगानीकर्ताहरु आन्दोलित हुँदा उठाएका माग हुन ।