ई–आर्थिक, काठमाडौं । सनराइज बैकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मालाई नियुक्त गरिएको छ । बैंक सञ्चालक समितिको बैठकले शर्मालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले मंगलबार राजिनामा दिएपछि बैंकमा खाली पदमा शर्मालाई नियुक्त गरेको हो ।
नवनियुक्त शर्मा माछापुच्छ्रे बैंक छाडेर बसेका थिए । शर्माको बैंकिङ क्षेत्रमा २२ वर्ष भन्दा लामो समयको अनुभव रहेको छ । प्रमुख कार्यकारी अधिकृत शर्माको विगतको अनुभवले बैंकको प्रगतिमा सहयोगी हुने विश्वास बैंक सञ्चालक समितिले लिएको छ ।