२०८३ साउन ९ शनिबार

सेञ्चुरी बैंक र आठबिसकोट नगरपालिकाबीच सहुलियतपूर्ण कर्जा सम्झौता

ई आर्थिक    मंगलबार, माघ २७ २०७७
4.8K
Shares
सेञ्चुरी बैंक र आठबिसकोट नगरपालिकाबीच सहुलियतपूर्ण कर्जा सम्झौता

ई–आर्थिक, काठमाडौं । सेञ्चुरी बैंक र पश्चिम रुकुमको आठबिसकोट नगरपालिकाबीच सहुलियतपूर्ण कर्जा संचालन गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झदारी पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम र नगरपालिकको तर्फबाट नगरप्रमुख गोर्ख बहादुर के.सी.ले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार नगरपालिकामा ‘कृषक सहकार्य समुह’ मार्फत त्यस क्षेत्रमा संभावना भएका कृषि, वनजन्य व्यवसाय, प्रांगारिक एवं उच्च मुल्यका कृषि उत्पादन र कृषि व्यवसायीकरणका लागि बैंकले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने छ ।

हाल सेञ्चुरी बैंकले १२० शाखा, १० वटा एक्सटेन्सन काउन्टर, २१ ब्रान्चलेस बैंकिङ्ग र ८८ एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij