२०८३ साउन ९ शनिबार

डिलर दाईको डिस्काउण्ट अफरको नतिजा सार्वजानिक, ८८ जना ग्राहकले जिते

ई आर्थिक    शनिबार, माघ २४ २०७७
3.6K
Shares
डिलर दाईको डिस्काउण्ट अफरको नतिजा सार्वजानिक, ८८ जना ग्राहकले जिते

ई–आर्थिक, काठमाडौं । डिश होमको डिलर दाईको डिस्काउण्ट अफरको नतिजा सार्वजानिक भएको छ । डिश होमले ग्राहकहरुलाई अझै बढी सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले सञ्चालन गरेको उक्त अफर अन्तर्गत ८८ जना ग्राहकले जितेका छन् ।

अफर जित्ने ८८ जना ग्राहकले नगद एक लाखका दरले रकम हात पारेका छन् । यस्तै वार्षिक रिचार्ज गर्ने ग्राहकले समेत रिजार्च रकममा आकर्षक छुट पाएका डिसहोेमले जानकारी दिएको छ ।

जसले गर्दा ग्राहकले न्यूनतम शुल्कमा गुणस्तरीय सेवा प्राप्त गरेको डिसहोमको भनाई छ ।

२ फागुन २०७६ देखि सञ्चालित ‘डिलर दाइको डिस्काउण्ट अफर’ को समयावधि अन्तिम चरणमा पुगेको छ । आगामी २९ माघसम्मका लागि मात्र यो अफर लागू हुने डिश होम नेटवर्कले जनाएको छ ।

नेपालभरका डिशहोमका डिलरहरु मार्फत फन्ड ट्रान्सफर वा अनलाईन प्रणालीबाट बार्षिक रिचार्ज गरे बापत ‘विक्ली लक्की ड्र’ मा सहभागी हुने अवसर डिशहोमले दिएको छ । फण्ड ट्रान्सफरबारे आधिकारिक जानकारीका लागि देशभर रहेका डिशहोम बिक्रेता, नजिकैका डिलर वा डिशहोम ग्राहक केन्द्रमा सिधै सम्पर्क गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij