ई–आर्थिक, काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । उक्त सेयर निष्काशन गर्न संस्थाले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
यो लघुवित्तले साधारण शेयर निष्काशन तथा बिक्री खुल्ला गर्नका लागि मंसिर ३ गते बोर्डमा निवेदन पेश गरेको थियो । यो वित्तीय संस्थाको शेयर निष्काशन तथा कम्पनीको बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गले गर्ने भएको छ ।
सेयर निष्काशन तथा विक्री प्रवन्धक सम्बन्धि कार्य गर्न उक्त वित्तीय संस्थाले नेपाल एसबिआई मर्चेन्ट बैंकिङसँग संझौता समेत गरिसकेको छ ।