२०८३ साउन ९ शनिबार

राष्ट्र बैंकको १० अर्ब बराबरको विकास ऋणपत्र निष्काशन हुँदै, अबधि ७ बर्षको हुने

ई आर्थिक    मंगलबार, माघ १३ २०७७
3.4K
Shares
राष्ट्र बैंकको १० अर्ब बराबरको विकास ऋणपत्र निष्काशन हुँदै, अबधि ७ बर्षको हुने

ई–आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलीदेखि १० अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्र विक्री गर्ने भएको छ । ७ वर्ष अवधिको विकास ऋणपत्र २०८४ (ङ) नामको ऋणपत्र विक्री गर्न लागेको राष्ट्र बैंकले जानकारी दिएको हो ।

ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरीद गर्न सक्नेछन् ।

खरीदकर्ताले राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा गएर आवेदन दिनुपर्नेछ । उक्त ऋणपत्रको बोलकबोल माघ १३ गते मंगलवार अपरान्ह २ बजेसम्म हुनेछ । माघ १४ गते निष्कासन भएर उक्त ऋणपत्रको साँवा विसं २०८४ साल माघ १४ गते भुक्तानी हुनेछ ।

इच्छुक खरीदकर्ता, र अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धी खरीदकर्तालाई निष्काशित रकमको ८५ प्रतिशत अर्थात् ८ अर्ब ५ करोड रुपियाँ, अप्रतिस्पर्धीका लागि १५ प्रतिशत अर्थात् १ अर्ब ५ करोड रूपैयाँ छुट्याइएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij