ई–आर्थिक, काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले नगद लााभांश लिन बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकको गत पुस २६ गते सम्पन्न वार्षिक साधारणसभाले पारित गरेको ३ प्रतिशत नगद लाभांश आफ्ना शेयरधनीहरुलाई बैंक खातामा जम्मा गरिदिने भएकाले खाता अद्यावधिक गर्न आग्रह गरेको हो ।
पुस १३ गतेसम्म हितग्राही खाता अद्यावधिक गराएका शेयरधनीहरुलाई पनि बैंक खातामा नै नगद लाभांश जम्मा गरिने बैंकले भनाई छ । बैंक खाता गलत भएर रकम अन्यत्र जम्मा हुन गए शेयरधनी स्वयम जिम्मेवार हुनु पर्ने बैंकले जानकारी दिएको छ ।
बैंकले शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई तोकेको छ । यस सम्बन्धमा सोही क्यापिटलमा सम्पर्क राख्न पनि बैंकले आग्रह गरेको छ ।
अद्यावधिक गर्न बाँकी शेयरधनीहरुको हकमा आफूले हितग्राही खाता खोलेको सम्बन्धित निक्षेप सदस्यमा सम्पर्क गरी नेपाल क्लियरिङ्ग हाउसको आईपीएस सदस्यता प्राप्त आफ्नो कुनै पनि बैंक तथा वित्तीय संस्थाको खाता नम्बर अपडेट गर्न पनि बैंकले अनुरोध गरेको छ ।
गत पुस १३ गतेसम्म कायम शेयरधनीहरुले आफ्नो शेयर प्रमाणपत्रहरु धितोमा राखि कर्जा सुविधा प्रयोग गर्दै आएका शेयरधनीलाई बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र प्राप्त भएपश्चात मात्र बैक खातामा नगद लाभांश जम्मा गरिने कम्पनीले जानकारी दिएको छ ।