२०८३ साउन ९ शनिबार

भारतमा फुटपाथमा सुतिरहेका मजदुरमाथि ट्रक गुड्दा १५ जनाको मृत्यु

ई आर्थिक    मंगलबार, माघ ६ २०७७
11.6K
Shares
भारतमा फुटपाथमा सुतिरहेका मजदुरमाथि ट्रक गुड्दा १५ जनाको मृत्यु

ई–आर्थिक, काठमाडौं । भारतको गुजरातको सुरतस्थित कोसाम्बा भन्ने स्थानमा गएराति ट्रकले किच्दा १५ मजदुरको मृत्यु भएको छ । किम मान्डवी रोडअन्तर्गत पालोडगाम नजिक फुटपाथमा सुतिरहेका उनीहरूमाथि ट्रक गुडेको भारतीय पत्रिका दैनिक भास्करले जनाएको छ ।

गुडिरहेको ट्रक एउटा ट्याक्टरमा ठोक्किएपछि अनियन्त्रित भएर मजदुर सुतिरहेको फुटपाथमा पुगेको थियो । स्थानीय प्रहरीका अनुसार ती मजदुर राजस्थानको बान्सावाडा जिल्लास्थित कुशलगढका थिए ।

ट्रकले किचेर १२ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु र अन्य ७ जना गम्भीर घाइते भएका छन् । स्थानीय प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij