ई–आर्थिक, काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न भयो । कम्पनीको रजिष्टर्ड कार्यालय रहेको स्थान विराटनगर मोरङ्गमा सम्पन्न सो सभामा कम्पनी सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद भट्टराईले मन्तब्य सहित कम्पनीको बार्षिक प्रतिवेदन सभामा पेश गरेका थिए ।
उक्त सभाले शेयधनीहरुलाई चुक्ता पूँजीको ५ प्रतिशतले हुने रकम रु. १०,७७,५६,९००/– बराबरको बोनस शेयर र सो बोनस शेयरमा लाग्ने कर सहित ५.५२६ प्रतिशतका दरले हुने रकम रु ११,९०,९९,७११/– नगद लाभांश गरी जम्मा १०.५२६ प्रतिशत बराबरको रकम रु. २२,६८,५६,६११/– लाभांश पारित गरेको छ ।
सो सभामा निमित्त प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । उक्त सभामा उपस्थित शेयरधनी महानुभावहरु तथा अन्य उपस्थित ब्यक्तिहरुको लागि कम्पनीको प्रगतीको बारे जानकारी गराउँदै, संस्थाका अध्यक्षले उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका थिए ।