२०८३ साउन ९ शनिबार

मृत्युबोध गराउने रेस्टुराँ

ई आर्थिक    शुक्रबार, माघ २ २०७७
5.6K
Shares
मृत्युबोध गराउने रेस्टुराँ

काठमाडौँ : थाइल्यान्डको एउटा रेस्टुराँले कफीसँगै मृत्युबोध पनि बेच्ने गरेको छ। यो मृत्युबोध हिजोआज निकै लोकप्रिय हुन थालेको छ। यहाँ छिर्नेबित्तिकै तपाईंले अवश्य पनि कफी अर्डर गर्नुहुन्छ नै ! रेस्टुराँले पनि तपाईंलाई उचित समयमा कफी ल्याएर दिन्छ। तपाईं कफीको स्वादमा रमाइरहँदा उता रेस्टुराँले भने तपाईंको आकारप्रकार हेरेर एउटा चिहाने बाकस तयार पारिसकेको हुन्छ।

जसै तपाईं कफी खाएर सन्तुष्ट हुँदै उठ्नु हुन्छ, पैसा तिरेर निस्कनै लाग्दा उनीहरुले रेस्टुराँको आँगनमा लैजान्छन् र त्यहाँको चिहानमा सुताइदिन्छन्। एक त कफीका कारण रनक्क रन्केको जिउ, त्यसमाथि चिहाने बाकसको सुताई ! कस्तो हुँदो हो जीवनको सोच ?

विरानट रोजानप्रापाले सञ्चालन गरेको यो रेस्टुराँ हिजोआज यस्तै अनुभूति सँगाल्नका लागि ग्राहकहरु आउने गरेका छन्। तर सबैलाई भने चिहानमा सुत्नु आवश्यक छैन। जसलाई रहर छ, ऊ मात्र सुते हुन्छ।

विरानट भन्छन्, ‘यो कुनै नयाँ आइडिया होइन। यो त बुद्धले दिएको शिक्षालाई बोध गराउने सानो प्रयास मात्र हो। यसले हामीलाई अति लोभी हुनबाट जोगाउँछ। त्यही सिकाउन मात्र खोजेको हुँ ।’ नागरिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij