२०८३ साउन ९ शनिबार

भुक्तानी माग्न आएका उखु किसान नारायण राय यादवको मृत्यु

ई आर्थिक    मंगलबार, पौस १४ २०७७
7.1K
Shares
भुक्तानी माग्न आएका उखु किसान नारायण राय यादवको मृत्यु

फायल तस्विर

ई–आर्थिक, काठमाडौं । भुक्तानी माग्दै आन्दोलन गर्न आएका रौतहट जिल्लाका एक किसानको काठमाडौंमै निधन भएको छ । रौतहट धनकौल गाउँपालिका छोटौलका नारायण राय यादवले काठमाडौं स्थित गंगालाल हृदयरोग अस्पतालमा मृत्यु भएको हो ।

सोमबार कृषिमन्त्री पदमा अर्यालले किसानसँग वार्ता गरिन, आज घर फर्काउन मन्त्रालयमा विदाइ कार्यक्रम समेत राखेकी थिइन् । उनी घर फर्केर जानुभन्दा पहिलै संसार छोडेर गएका छन ।

उनलाई ब्रेन ह्याम्ब्रेज भएकाले उनको ज्यान गएको हो । ब्रेन ह्याम्ब्रेज भएपछि उनी हिजो नै गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका थिए । आज मंगलबार उनको निधन भएको हो ।

किसान र सरकारबीच भुक्तानी सम्बन्धि संझौता भइसकेपछि उनी अस्वस्थ भएका थिए । तथापी उनी उक्त संझौताबाट असन्तुष्ट थिए । त्यसैको तनाबले ज्यान गएको हुनसक्ने अर्का उखु किसानको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij