२०८३ साउन ९ शनिबार

जन्मदिनमा गरिने तकड भडकलाई चिर्दै राउत दम्पत्तिले गरे उदाहरणीय कार्य, छोरी हिमानीको जन्मदिनमा आश्रमका बद्धबृद्धालाई भोजन

ई आर्थिक    आइतबार, पौस १२ २०७७
16.5K
Shares
जन्मदिनमा गरिने तकड भडकलाई चिर्दै राउत दम्पत्तिले गरे उदाहरणीय कार्य, छोरी हिमानीको जन्मदिनमा आश्रमका बद्धबृद्धालाई भोजन

पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रममा भोजन गराउन पुगेका राउत दम्पत्ति र साथमा आश्रमकी व्यवस्थापक भवानी कोइराला ।

ई–आर्थिक, नवलपुर : जन्मदिनमा तडक भडक गरी ठूलो लगानीमा रेष्टुरन्ट घरमा पार्टी भोज गर्ने परम्परालाई चुनौति दिंदै सर्लाहीको लालबन्दी नगरपालिका–१३ पत्थरकोटका मोहन राउत दम्पतिले छोरीको जन्मदिनको अवसर पारेर सामाजिक काम गरेका छन् ।

स्थानीय वडा सदस्य समेत रहेका मोहन राउत र उनकी श्रीमती जुना कार्की राउतले वृद्धश्रममा गएर बृद्धबृद्धालाई भोजन गराउँदै आफ्नो छोरीको जन्मदिन मनाएर उदाहरणीय कार्य गरेका हुन ।

राउत दम्पत्तिले छोरी हिमानी राउत तीन वर्षमा प्रवेश गरेको अवसरमा लालबन्दी नगरपालिका–२, जुटपानीमा रहेको पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रमका बुवा–आमालाई भोजन गराएका हुन् ।

जन्मदिनमा तडकभडक गर्ने पछिल्लो संस्कारलाई चिर्दै आफूहरु जन्मदिनको बिहानै आश्रममा पुगेर त्यहाँ आश्रय लिई बसिरहेका वृद्धवृद्धालाई मिष्ठान्न भोजन गराएको वडा सदस्य राउतले ई–आर्थिकलाई जानकारी दिए ।

पेशा व्यवसाय र बद्लिँदो समय अनुसार मानिस आफ्नै काममा ब्यस्त भई सामाजिक काममा चासो दिन छाडिसकेको अवस्थामा आश्रमका संरक्षक बासुदेव शरण कोइराला, व्यवस्थापक भवानी कोइराला लगायतले आफ्नै सन्तानबाट अपहेलित भएका ३५÷४० जना वृद्धवृद्धाको पालनपोषण गरेको देख्दा आफू अत्यन्त प्रभावित भएको राउतले बताए ।

आश्रममा पछिल्लो समय जन्मोत्सव, वैवाहिक वर्षगाँठ, दिवंगत आफन्तको तिथी र विभिन्न सामाजिक संघसंस्थाको वार्षिकोत्सव लगायतका अवसरमा सहयोग गर्नेहरु बढिरहेका आश्रमकी व्यवस्थापक भवानी कोइरालाले जानकारी दिईन् ।

यसैक्रममा छोरीको जन्मदिनको अवसरमा राउत दम्पतीले उदाहरणीय सामाजिक कार्य गरेको भन्दै उनीहरुको प्रशंसा समेत गरिन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij