सांकेतिक तस्विर
ई–आर्थिक, काठमाडौं । धोबी खोलामा मोटरसाइकल खस्दा चालकको ज्यान गएको छ । बा २६ प ४०२१ नम्बरको मोटरसाइकल काठमाडौँको चाबहिल गोपीकृष्णहल नजिकैको पुलबाट खस्दा मोटरसाइकल चालक २७ वर्षीय लोकबहादुर श्रेष्ठको मृत्यु भएको हो ।
शनिबार राति सवा नौ बजे पुलबाट धोबीखोलामा खसेको प्रहरीले जानकारी दिएको छ । गम्भीर घाइते भएका श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको हो । सिन्धुलीको दुधौली–५ का उनी कपन बस्दै आएका थिए ।