ई–आर्थिक, काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर ब्रोकरको कमिशन घटाएको छ । बोर्डले शेयर कारोबारमा शेयर ब्रोकरले पाउने कमिशन घटाएर अधिकतम ०.४० प्रतिशतमा झारेको हो ।
ब्रोकरले यसअघि अधिकतम् ०.६५ प्रतिशतसम्म कमिशन लिँदै आएका थिए । पछिल्लो दिनहरुमा शेयर कारोबारको रकम बढेको भन्दै शेयर लगानीकर्ताहरुले ब्रोकर कमिशन घटाउनुपर्ने भन्दै आन्दोलनसमेत गरिरहेका थिए ।
आन्दोलनलाई साथ दिंदै अर्थमन्त्री विष्णु पौडेलले पनि शेयर ब्रोकर कमिशन घटाउन निर्देशन दिएका थिए । मन्त्री पौडेलको निर्देशन कार्यन्वयन गर्दै बोर्डले कमिशन घटाएको हो ।