२०८३ साउन १२ मंगलबार

अत्याधिक केन्द्रीय सदस्य उपस्थित प्रचण्ड–नेपाल समूहले ओलीलाई अध्यक्षबाट हटायो, ओलीको स्थानमा नेपाल

ई आर्थिक    मंगलबार, पौस ७ २०७७
8.4K
Shares
अत्याधिक केन्द्रीय सदस्य उपस्थित प्रचण्ड–नेपाल समूहले ओलीलाई अध्यक्षबाट हटायो, ओलीको स्थानमा नेपाल

ई–आर्थिक, काठमाडौं । नेकपाको प्रचण्ड–माधव समूहले केपी शर्मा ओलीलाई नेकपाको अध्यक्षबाट हटाएको छ । कार्की ब्यांक्वेटमा चलिरहेको सो समूहको केन्द्रीय कमिटी बैठकले ओलीलाई बखास्त गर्दै सो स्थानमा वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाएको घोषणा गरेको छ ।

सो बैठकमा एकीकृत नेकपाका ४४१ केन्द्रीय सदस्य मध्ये ३१० जना उपस्थित रहेको सो समूहले दावी गरेको छ । यसअघि सो समूहले पुस ५ मै स्थायी कमिटी बैठकबाट ओलीलाई कारबाही गर्ने निर्णय गरेको थियो ।

नेकपाको (ओली समूह) को पनि मंगलबार बिहान केन्द्रीय कमिटीको बैठक बसेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सो बैठकले ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी गठन गरेको थियो ।

उक्त समूहले नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट बर्खास्त गर्दै प्रदीपकुमार ज्ञवालीलाई नयाँ प्रवक्ता बनाएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij