२०८३ साउन ९ शनिबार

गल्फागाडमा बेलिब्रिज : चैतसम्म सवारी साधन चल्ने

ई आर्थिक    मंगलबार, पौस ७ २०७७
9.7K
Shares
गल्फागाडमा बेलिब्रिज : चैतसम्म सवारी साधन चल्ने

सिमिकाेट । लामो समयको लकडाउनका कारण रोकिएको निर्माणाधीन गल्फगाड बेलिब्रिज जडानको काम सम्पन्न भएको छ। हुम्लाको अदानचुली गाउँपालिकाको गल्फागाडमा रहेको गल्फागाड बेलिबिज्र गत वर्ष माघदेखि शुरु भएको थियो भने नेपाली सेनाको कर्णाली करिडोर निर्माण कार्यदलले गत शुक्रबार सम्पन्न गरेको हो।

गल्फागाडमा बेलिब्रिज जडान सम्पन्न भए पनि सवारी साधन तत्काल सञ्चालनमा नआउने भएका छन्। जडान सकिए पनि बेलिब्रिजको दुवैपट्टि रेम बनाउन करिब दुई हप्तादेखि एक महिनासम्म लाग्न सक्ने भएकाले सवारी साधन सञ्चालन नआउने भएका हुन्।

तीन दिनको समय लगाएर गल्फागाडको बेलिब्रिज जडान गरिएको छ। गल्फागाडको पुल निमार्ण सम्पन्न भएसँगै सर्केगाड गाउँपालिका, मुगुलगायत तुम्च वालुकुनासम्म जान सहज हुने भएको छ।

यसभन्दा अघि गल्फागाडको खोला भएर यातायातका साधन तारिँदै आइएको थियो भने अबको केही दिनमा गल्फागाड पुलबाटै आवतजावत गर्ने भएको हुँदा यहाँका स्थानीयवासीसहित सवारी साधनका चालक खुशी भएका छन्।

तुम्चाको वालुकुनासम्म औपचारिक सवारी सञ्चालनका लागि प्रक्रिया अघि बढिसकेको छ। नेपाली सेनाको सडक निर्माण दलका आयोजना प्रमुख मिलन कार्कीले भने, “प्रक्रिया अघि बढेकाले अब माथिबाट पत्र आउन मात्र बाँकी छ, गत मङ्सिर २६ गते भएको अनुगमनको प्रतिवेदन रक्षा मन्त्रालय हुँदै नेपाली सेनाको मुख्यालयमा पुगिसकेको र स्वीकृत भएर आउन मात्र बाँकी रहेको छ। अब हप्ता, दश दिनभित्र स्वीकृत भएर आउनेछ।” रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij