२०८३ साउन ९ शनिबार

संसद् विघटन असंवैधानिक भएको नेपाली काँग्रेस बैठकको ठहर

ई आर्थिक    मंगलबार, पौस ७ २०७७
5.8K
Shares
संसद् विघटन असंवैधानिक भएको नेपाली काँग्रेस बैठकको ठहर

ई–आर्थिक, काठमाडौं । मंगलबार बसेको काँग्रेसको केन्द्रीय कार्य समिती बैठक बसेको छ । सरकारले संसद् विघटन गरेपछि बसेको उक्त बैठकमा पहिलो दिन ४ जना नेताहरुले बोलेका छन् । चारै जना नेताले केपी शर्मा ओली नेतृत्वको सरकारले संसद विघटन गरेकोमा आपत्ति जनाएका छन् ।

मंगलबार वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरु महेश आचार्य र डा. नारायण खड्काले आफ्नो धारणा राखेका छन् । सभापति शेरबहादुर देउवाले पनि बैठक शुरु गर्दै आफ्नो प्रारम्भिक धारणा राखेका थिए ।

नेताहरुले संसद विघटनको जिम्मेवार प्रधानमन्त्री केपी शर्मा ओलीमात्र नभएर सबै कम्युनिष्टहरु जिम्मेवार रहेको बताएका थिए ।

स्रोतका अनुसार बैठकको शुरुआत गर्दै सभापति देउवाले संसद् विघटनको आलोचना गरेका थिए । उनले संविधान विघटन असंवैधानिक भएको बताएका थिए । त्यसपछि बोलेका वरिष्ठ नेता पौडेलले कााग्रेस सत्ताको लोभमा नपरी लोकतान्त्रिक मूल्य मान्यतामा अडिग रहनुपर्ने भन्दै संसद् विघटनको विरोधमा आन्दोलन गर्नुपर्ने बताएका थिए । काँग्रेसले यो विषयमा आफ्नो प्रष्ट धारणा बनाएर अगाडि जानुपर्ने उनले बताएका थिए ।

पार्टी सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टीको केन्द्रीय कार्य समिती बैठक जारी रहेको भन्दै पार्टीले संसद् विघटनबारे ठोस धारणा बनाउँदै आगामी रणनीति तय गर्ने जनाए । उनले संसद विघटन असंवैधानिक रहेकोप्रति काँग्रेस स्पष्ट रहेको भन्दै आगामी रणनीतिबारे बैठकले निर्णय गर्ने जनाए ।

संसद विघटन पछि पहिलोपटक बसेको काँग्रेस बैठक बुधबार पनि फेरि बस्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij