२०८३ साउन ९ शनिबार

नाफिजको अध्यक्षमा मोदनाथ ढकाल निर्वाचित

ई आर्थिक    सोमबार, मंसिर २९ २०७७
6.6K
Shares
नाफिजको अध्यक्षमा मोदनाथ ढकाल निर्वाचित

ई–आर्थिक, काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को पाँचौं महासभा सम्पन्न भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गरेको महासभाले १३ सदस्यीय कार्यसमिति चयन गरेको छ जसको समापन सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।
महासभाले नाफिजको नयाँ अध्यक्षमा द राइजिङ नेपालका मोदनाथ ढकाललाई निर्वाचित गरेको छ । अध्यक्ष ढकाल आर्थिक पत्रकारहरुको अर्को छाता संस्था नेपाल आर्थिक पत्रकार समाजको गएको निर्वाचनमा अध्यक्षमा पराजित भएका थिए ।

यस्तै रेडियो नेपालका भुवन आचार्य र आर्थिकन्युजकी मेनुका कार्कीलाई उपाध्यक्षमा चयन भएका छन् ।

महासचिवमा कर्पोरेट नेपालका नारायण पौडेल तथा सचिवमा अनलाइनखबरका रोयल आचार्य निर्वाचित भए । नाफिजका नयाँ सह–सचिव बिजपाटीका महमद अजमत अली र नोटबजारका परमेश्वर अधिकारी कोषाध्यक्ष बने ।

महासभाले नाफिजका नयाँ कार्यसमिति सदस्यमा ५ जनालाई निर्वाचित गरेको छ । जसमा आर्थिक अभियानकी प्रजिता बुढाथोकी, रोजगार मिडियाका फणिन्द्र दाहाल, बाह्रखरीका रोविन पौडेल, अनलाइनखबरका नवीन ढुंगाना र नेपालखबरका दीपक भट्ट छन् ।

यस्तै नयाँ कार्यसमितिको पहिलो बैठकले गोरखापत्र दैनिकका गोपालचन्द्र सुवेदी र क्लिकमान्डुकी दिलु कार्कीलाई कार्यसमिति सदस्यमा मनोनित गरेको छ । संस्थाका निवर्तमान अध्यक्ष सिताराम भट्टराई स्वतः कार्यसमिति सदस्य बने ।

महासभाको उद्घाटन सत्रमा नाफिजले वरिष्ठ आर्थिक पत्रकारद्वारा लभेष प्याकुरेल र विकास थापालाई सम्मान पनि गरेको नेपाल आर्थिक पत्रकार संघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij