२०८३ साउन १० आइतबार

रमण कन्स्ट्रक्सन सहित तीन कम्पनी विरुद्ध ४१ करोड बिगो बराबरको राजस्व छलीमा मुद्दा

ई आर्थिक    बुधबार, मंसिर १७ २०७७
9.9K
Shares
रमण कन्स्ट्रक्सन सहित तीन कम्पनी विरुद्ध ४१ करोड बिगो बराबरको राजस्व छलीमा मुद्दा

ई–आर्थिक, काठमाडौँ । राजस्व अनुसन्धान विभागले झुठो तथा नक्कली विजक प्रयोग गरी राजस्व चुहावट गरेको कसुरमा रमण कन्स्ट्रक्सन सहित तीन कम्पनी, सञ्चालक, तथा उनका कारोवारीविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ ।

ती तीन कम्पनी र व्यक्तिविरुद्ध कूल रु ४१ करोड तीन लाख बिगो असुलउपर गरी जरिवाना र कैद सजायको माग दाबी लिइ मुद्दा चलाइएको विभागले जानकारी दिएको छ ।

विभागले आज एक सूचना जारी गरी पर्सा बेलवास्थित क्रेटा इन्टरप्राइजेजका सञ्चालक नविकरिम अन्सारीसमेत तीन व्यक्तिले रु आठ करोड २४ लाख बिगो बराबरको राजस्व छली गरेको आरोप लगाएको छ । त्यस्तै अन्सारीसहित परमेश्वर साह तथा मुख्य कारोवारी जयकिशोर साहविरुद्धसमेत राजस्व छलीमा मुद्दा चलाइएको राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।

महानिर्देशक मैनालीका अनुसार उनीहरुले वस्तु तथा सेवा उत्पादन र स्थानीय खरिद तथा आयात नगरी बिक्री मात्रै गरेको, मूल्य अभिवृद्धि कर विवरणमा तथा आय विवरणसमेत दाखिला नगरेको, मालवस्तुको खरिद गरेको भनिएका फर्मलाई बैंकमार्फत भुक्तानी नगरी विजकको मात्र हस्तान्तरण गरी राजस्व चुहावट गरेका हुन ।

यसरी राजश्व छली गर्नेमा दोलखा जिल्ला तामाकोशी गाउँपालिकास्थित पिआरके ट्रेड इन्टरनेशनलका सञ्चालक हुमन (लछुमन) माझीबाट पाँच करोड ५६ लाख र बाराको परवानीपुरस्थित मिनजा इन्टरनेशनल प्रालिका सञ्चालक रामबाबु साहानीले रु दुई करोड १९ लाख बिगो बराबरको राजस्व छली गरेको विभागको आरोप छ ।

झुठो तथा नक्कली विजक प्रयोग गरी धनुषा, रघुनाथपुरस्थित रमण कन्स्ट्रक्सन प्रालीले रु २० करोड ८७ लाख बिगो बराबरको राजस्व छली गरेकाले उक्त कम्पनीविरुद्ध समेत मुद्दा चलाइएको विभागले जानकारी दिएको छ । उच्च अदालतमा दायर मुद्दामा बिगो असुल गरी जरिवाना र कैद माग दाबी गरिएको पनि विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij