२०८३ साउन ९ शनिबार

नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने पक्राउ

ई आर्थिक    बिहिबार, मंसिर ११ २०७७
8.2K
Shares
नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने पक्राउ

ई–आर्थिक, काठमाडौं : नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले न्यौपानलाई ठगी आरोपमा काठमाडौंको चण्डोलबाट पक्राउ गरेको हो । इन्जिनिरिङ कलेज चाँगुनारायण भक्तपुरमा ठगी गरेको आरोपमा न्यौपानलाई पक्राउ गरिएको सीआईबीले जानकारी दिएको छ ।

अदालतमा विभिन्न मुद्दाहरु विचराधिन रहेको न्यौपानेविरुद्ध सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा पनि उजुरी रहेको छ ।
नेपाल इन्जिनियरिङ कलेजमा न्यौपाने २०५६ असार १८ देखि २०५७ मंसिर ७ गतेसम्म पहिलो पटक कार्यकारी अध्यक्षको रुपमा कार्यरत थिए । यस्तै उनको दोस्रो कार्यकाल २०७० मंसिर २३ देखि ०७५ असोज १५ गतेसम्म अध्यक्षको रुपमा कार्यरत थिए ।

इन्जिनियरिङ कलेजमा ठगी गरेको आरोपमा कांग्रेसका पूर्वसांसद सूर्यबहादुर केसी, जावलाखेलका रामरत्न उपाध्याय, विशालनगरका उपेन्द्र गौतम र बालुवाटारका लबराज भट्टराई प्रतिवादी छन् । कांग्रेस सांसद केसीको भने निधन भइसकेको छ ।

कलेजमा उनीहरुविरुद्ध तथ्यगत बिगो ८ करोड २१ लाख ६ सय ५० रुपैयाँ छ । यस्तै लेखा परीक्षणबाट खुल्न आएको बेरुजुसहितको बिगो २३ करोड १० लाख २३ हजार ४४३ रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

न्यौपानेको नाममा मात्रै ३ करोड ७१ लाख ५३ हजार ६ सय ५० रुपैयाँ बराबरको ठगी गरेको आरोप छ ।

घोटला, ठगि र सञ्चालकहरुको विवादै विवाद रहेको उक्त कलेजको पठन पाठन विभिन्न समयमा प्रभावित हुँदै आएको थियो । त्यही विषयको सत्यतथ्य सार्वजानिक र कारवाहीको माग गर्दै विद्यार्थीहरुले तालावन्दी र नाराबाजी गर्दै आएपछि लामो समय पठन पाठन नै ठप्प रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij