ई–आर्थिक, काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहक महानुभावहरुको सुविधालाई मध्यनजर गर्दै अनलाईनबाटै केवाईसी भर्न मिल्ने ईकेवाईसी सेवा सञ्चालनमा ल्याएको छ । बैंकमा खाता खोली कारोबार गर्नुभएका सम्पूर्ण ग्राहक महानुभावहरुले बैंकको वेबसाइट www.prabhubank.com मा लगइन गरी अनलाइन मार्फत केवाईसी अद्यावधिक गर्ने व्यवस्था मिलाइएको बैंकले जानकारी दिएको छ । त्यस प्रयोजनका लागि अब बैंकसम्म पुगिरहनु पर्ने बाध्यता पुर्णरुपमा हटेको छ ।
बैंकले सञ्चालनमा ल्याएको उक्त सेवा सुरक्षित एवं प्रभावकारी रहेको तथा केवाईसी सम्बन्धी सम्पूर्ण विवरणहरु यथा–समयमै अद्यावधिक गरी खाता नियमित सञ्चालन गर्न सहज हुनेछ र यसबाट ग्राहक महानुभावहरुले आफ्ना समय बचत तथा सदुपयोग गरी अत्याधिक लाभ उठाउनु हुनेछ भन्ने बैंकले पूर्ण विश्वास लिएको छ ।