ई–आर्थिक, काठमाडौं । मुलुककै अगुवा व्यक्तिहरु समेत कोरोना भाइरसबाट संक्रमित हुने क्रम बढिरहेको छ । यसैक्रममा डा. गोविन्द केसीलाई कोरोना पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । कोरोनासँग मिल्दोजुल्दो केही लक्षण देखिएपछि डा. केसीको गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजिटिभ आएको थियो ।
सोलिडारिटी फर डाक्टर गोविन्द केसीका अनुसार डा. केसीलाई सुरुमा रुघाखोकी लाग्नुका साथै ज्वरोसमेत आएको थियो । पछि उनको श्वासप्रश्वासमा समेत समस्या देखिएको छ ।
कोरोना भाइरस संक्रमित डा. केसी अहिले शिक्षण अस्पताल महाराजगञ्जको गणेशमान सिंह भवनमा भर्ना भई उपचाररत रहेका छन् । कोरोना भाइरसको संक्रमण देखिए पनि हालसम्म उनको अवस्था जटिल नदेखिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।