ई-आर्थिक, काठमाडौं । नेपालमा कोरोना भाइरसका २१ सय ११ जना संक्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा नयाँ संक्रमित थपिए सँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख छ हजार ३५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ । हाल ३७ हजार २२ जनामा भाइरसको संक्रमण सक्रिय रहेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै १२ सय ७ कोरोना संक्रमित थपिएका छन् । शुक्रबार संक्रमित पुष्टि हुनेमा ५ सय २६ महिला र ६ सय ८१ पुरुष रहेका छन् । काठमाडौंमा ९ सय १९, भक्तपुरमा १ सय ८ र ललितपुरमा १ सय ८० जना नयाँ संक्रमित थपिएका हुन् ।
पछिल्लो चौबीस घण्टामा तीन हजार ५३७ जना संक्रमणमुक्त भएको मन्त्रलायले जनाएको छ । हालसम्म एक लाख ६८ हजार १२९ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले हालसम्म पन्ध्र लाख ९३ हजार ८५० जनाको आरटीपीसीआर परीक्षण गरेको छ । पछिल्लो चौबीस घण्टामा करीब दश हजार जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो चौबीस घण्टामा १३ जना कोभिड संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार २०२ पुगेको छ ।