जनप्रतिनिधिसँग विकास र्वार्ता
उप–प्रमुख पाँचखपन नगरपालिका, संखुवासभा
पाँचखपन नगरपालिकाको भौगोलिक, जनसांख्यिक तथा आर्थिक अवस्था कस्तो छ ?
संखुवासभाको वानामा रहेको पाँचखपन नगरपालिका विभिन्न हिसावमा मुलुककै एउटा उदाहरणीय नगरपालिका हो । यहाँको भौगोलिक जनसंख्या १७५२१ रहेको छ । बिशेष गरी यहाँ जनजातिको बसोबास रहेको छ भने ब्राम्हण क्षत्री दलित लगायतको पनि बसोबास रहेको छ । यस नगरपालिकामा रहेका जनताको आर्थिक स्थिति मध्यमवर्गीय रहेको छ । यहाँ अलैची, रुद्राक्ष जस्ता नगदे बाली उत्पादन हुन्छ भने खाद्यान्न बालीमा धान मकै कोदो गहुँ तोरी जस्ता बाली उत्पादन हुन्छ । साथै सरकारी गैरसरकारी बैदेशिक रोजगार र विभिन्न ब्यापार ब्यबसायमा आबद्ध रही आर्थिक हिसावले मजबुत छन् ।
‘पर्यटकीय दृष्टिकोणमा यो नगरपालिका कत्तिको अगाडि छ ? यो नगरपालिकामा पर्यटकीय महत्वका स्थानहरू के–के पर्दछन् ?
पर्यटकीय दृष्टिकोमा यो नगरपालिका केही हदसम्म अगाडि नै छ । यस नगरपालिकाको पर्यटकीय स्थानहरु घोर्ले झरना जैबारी गुफा, माहादेव सन्तानेश्वर माहादेव, गुप्तेश्वर माहादेव, ब्याग्रे डाँडा साउने चुली शिखरपुर भ्युटावर, निमनगढी भ्यूटावर, देउराली भ्यूटावर जस्ता पर्यटकीय स्थानहरु निर्माण भईरहको छन् ।
यो नगरपालिकामा के कस्ता आर्थिक गतिविधि हुने गरेका छन् ? रोजगारीका अवस्था कस्तो छ ?
यस नगरपालिकामा स्वदेश तथा वैदेशिक रोजगार, विभिन्न कार्यालयमा रोजगार, अलैची रुद्राक्ष, लकडी, जडिबुटी लगायतका ब्यापारबाट आत्मनिर्भर छन् ।
विकास निर्माणमा यो नगरपालिका कत्तिको अगाडी छ ? नगरपालिकाले विकास निर्माणको कार्यलाई कसरी सम्पन्न गर्ने गरेको छ ?
विकास निर्माणमा यो नगरपालिका निकै अगाडी छ । बाटो, बिजुली स्वास्थ्य शिक्षा खानेपानी नगरपालिका भवन वडा भवन स्वास्थ्य एकाई जस्ता विकासको कार्य धेरै पुरा भईसकेका छन् । विकास निर्माणको काम उपभोक्ता समिति र टेन्डरमार्फत सम्पन गर्ने गरेका छौं । अनुगमन प्रभावकारी रुपमा गरिन्छ ।
नगरपालिकामा थप पर्यटक भित्र्याउन के कस्ता प्रयासहरु गरिरहेको छ ? घुम्न आउने पर्यटकहरुलाई आकर्षित गर्न यो नगरपालिकाले के कस्ता सेवा सुविधा दिएको छ ?
नगरपालिकामा थप पर्यटक भित्र्याउँन होमस्टेको अबधारणा ल्याईएको छ । कला संस्कृतिको संरक्षण र जगेर्ना गर्न प्रयाप्त बजेट विनियोजन गरिएको छ । अन्तरपालिका सहजरुपमा आवात जावत गर्न बाटोमा विशेष ध्यान दिएर काम भईरहेको छ । प्रचार प्रसार कार्यमा समेत तीब्रता दिईएको छ ।
यो नगरपालिकाको भौगोलिक अवस्था कस्तो छ ? नगरपालिकामा सडक पूर्वाधार र यातायातको अवस्था कस्तो रहेको छ ?
यस नगरपालिकाको भैगोलिक अबस्था भु–बनावटको हिसाबले यो नगरपालिका लेक वेंसी, भीर पहरा र समथर भागमा रहेको छ र केही वडाहरु विकटता नै छ । ९ वटै वडामा सडक बिस्तार भईसकेको छ । ७० प्रतिशतभन्दा बढी ठाउँहरुमा १२ महिना नै ट्रयाकटर बाईक चल्न सक्ने अबस्था छ भने यस नगरपालिकामा लामो दुरिका सबारी साधन समेत आवत जावत हुने गर्दछ ।
शैक्षिक, सामाजिक, धार्मिक तथा सांस्कृतिक दृष्टिकोणमा नगरपालिका कुन अवस्था कस्तो रहेको छ ?
पाँचखपन नगरपालिका शैक्षिक सामाजिक, धार्मिक र सांस्कृतिक दृष्टिकोणमा पुरानो शेल्का, काठे मन्दिर, गुम्वा, सिलालेख, पार्टीपौवा र देवलहरु रहेको छन् । यो नगरपालिकामा विभिन्न मठ मन्दिर रहेको सुन्दर देवभूमीको झल्को आउने गर्दछ । शैक्षिक क्षेत्रमा यहाँ ८ वटा माध्यमिक विध्यालय, ३३ आ.वि.सञ्चालनमा छन् भने १ प्राथमिक स्वास्थ्य केन्द्र लगायत स्वास्थ्य चौकी, आधारभुत तयारी सहरी स्वास्थ्य केन्द्रहरु सञ्चालनमा छन् । यहाँ बिभिन्न क्लब संघ/सस्थाहरुले राम्रो सामाजिक काम गरिरहेका छन् । यहाँ बिभिन्न धर्मावलम्बीहरु मिलेर बसोबास गरेको समुह बस्तिहरु छन् ।
नगरपालिकालाई चिनाउने महत्वपूर्ण बस्तुहरू के–के छन् ?
यस नगरपालिकालाई चिनाउँने ठाउँ बस्तुहरु घोर्ले झरना, जौबारी गुफा महादेव, गुप्तेश्वर महादेव, अलैंची देवल, सभाखोला असला माछा, रुद्राक्ष हुन् ।
तपाई आउनु अघि र आएपछि तुलनात्मकरुपमा यो नगरपालिकामा के कस्ता परिवर्तनहरू भए ?
म हामी आएपछि तुलनात्मकरुपमा धेरै परिवर्तन भएको छ । नगरपालिकाको प्रशासनिक भवन निर्माण, नगरपालिका क्षेत्र भरी विजुली विस्तार, प्रत्येक वडामा शहरी स्वास्थ्य इकाई केन्द्र स्थापना भए । वाना प्राथमिक स्वास्थ्य केन्द्र निर्माण, वाना ईलाका प्रहरी चौकी निर्माण, बजारी क्षेत्रहरुमा बाटो ढलान जस्ता कार्यमा परिवर्तन भएको छ । त्यसैगरी वाना बिहीवारे बृहत खानेपानी सञ्चालन, वृहत खानेपानी योजना सञ्चालन, व्यवसायिक फर्म, विपन्न पहिचान तथा जनता आवास कार्यक्रम, फुस्को छानो हटाउने अभियान, कृषकहरुमा मल, विउ विजन तथा उन्नत जातका पशुपंछी वितरण, स्थानीयस्तरमा रोजगारीको सिर्जना, कर्मचारी वृद्धि तथा व्यवस्थापन जस्ता कुरामा परिवर्तन आएको छ ।
तपाई नगर उप प्रमुख हुनु अघि नगरपालिकालाई के कस्तो योगदान पु¥याउँछु भनेर आउनु भएको थियो ? निर्वाचन अघि गरेका प्रतिबद्धता कति पुरा भए कति बाँकी छन् ?
म नगर उप प्रमुख हुनु अघि यस नगरपालिकालाई शिक्षा, स्वास्थ्य, बाटो, बिजुली, खानेपानी र रोजगारी लगायतका क्षेत्रमा योगदान पु¥याउछु भनेर आएको थिए । निर्वाचन अघि गरेका प्रतिबद्धता ८० प्रतिशतभन्दा बढी पुरा भईसकेका छन् ।
स्थानीय जनजिविकाको सवाल र रोजगारीका सिर्जना गर्नका लागि नगरपालिकाले के कस्ता कार्यक्रमहरु ल्याएको छ ?
स्थानीय जनजिविकाको सवालमा नगरपालिकाले रोजगार सिजना गर्न प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फतका रोजगारीहरु, वडास्तर र नगरस्तरका सडक हेरालुहरु, साथै सिपमुलक तालिम सीलाई बुनाई, कम्प्युटर तालिम, हाउस वाईरिङ्ग, कृषि तथा पशु फर्ममार्पmत व्यवसायमुखी बनाउन अनुदान सहित प्याकेजको व्यवस्था गरिएको छ ।
नगरपालिकालाई कस्तो बनाउने तपाईको योजना छ ? तपाईको कार्यकालमा नगरपालिका समृद्धशाली नगरपालिका हुन सक्ने संभावना छ त ?
यस नगरपालिकालाई सुखि समृद्धि नगर बनाउने योजना छ । मेरो कार्यकालमा पुर्ण रुपमा सुखी र समृद्धि नगर नभएता पनि केहिहद सम्म हुनसक्ने सम्भाबना छ । यस ठाउँको स्तानीय उत्पादनमा जोड दिईने छ । व्यवसाय मुखि बनाउने, पूर्वाधार निर्माण, कृषिको माध्यमवाट कृषिमा सम्वृद्धि, विभिन्न प्राविधिक शिक्षा, जिविकोपार्जनमा दिगोपना लगायत चौतर्फी विकासमा फड्को मार्ने योजना भएता पनि यसै कार्याकालमा ८० प्रतिशत काम गर्ने लक्ष रहेको छ । ‘पाँचखपनको सपना, चौतर्फी विकासको स्थापना’ भन्ने नाराका साथ नगरको सम्वृद्धिमा लागि परेका छौं ।