२०८३ साउन १२ मंगलबार

घुससहित विद्युत प्राधिकरणका इन्जिनियर पक्राउ

ई आर्थिक    बिहिबार, कार्तिक २० २०७७
9.6K
Shares
घुससहित विद्युत प्राधिकरणका इन्जिनियर पक्राउ

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाले रु १० लाख घुस रकमसहित विधुत प्राधिकरणका इन्जिनियर ईश्वरीप्रसाद जैसवाललाई रगेंहात पक्राउ गरेको छ ।

हेटौडा–भरतपुर–वर्दघाट प्रसारण लाइन आयोजनामा कार्यरत नवौ तहका इन्जिनियर जैसवाललाई आयोगको कार्यालयबाट खटिएको टोलीले आज पक्राउ गरेको जनाएको छ ।

प्रहरी नायब उपरीक्षक भीमकिरण बोगटीको नेतृत्वमा रहेको आयोगको टोलीले पक्राउ गरेको आयोगको कार्यालयले जनाएको छ ।

हेटौँडाको बसपार्कमा रहेको एक होटलबाट उनलाई पक्राउ गरिएको हो । ठेक्का रकम भुक्तानी गर्ने प्रयोजनमा इन्जिियिर जैसवालले रु १० लाख रकम मागेका थिए ।

उक्त अवैध रकम होटलमा लिने क्रममा उनी पक्राउ परेको आयोगका कार्यालय प्रमुख बाबुराम खतिवडाले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij