२०८३ साउन ९ शनिबार

सुनको मूल्य प्रतितोला चार सयले बढ्यो

ई आर्थिक    मंगलबार, कार्तिक १८ २०७७
4.3K
Shares
सुनको मूल्य प्रतितोला चार सयले बढ्यो

काठमाडौँ, कात्तिक १८ गते। स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार सुनको मूल्य प्रतितोला रु ४०० ले बढेको छ । महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९५ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार ९०० तोकेको छ ।

आइतबार र सोमबार मूल्य स्थिर रही छापावाला सुन प्रतितोला रु ९५ हजार र तेजाबी सुन प्रतितोला रु ९४ हजार ५०० मा कारोवार भएको थियो । यस्तै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । आज चाँदीको मूल्य प्रतितोला रु पाँचले वृद्धि भई एक हजार २१० पुगेको महासङ्घले जनाएको छ ।

-रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij