ई–आर्थिक, काठमाडौं । पूर्वराज्यमन्त्री खोभारी राय यादवलाई प्रहरीले जुवाखालबाट पक्राउ गरेको छ । प्रहरीका अनुसार पूर्वराज्यमन्त्री यादवलाई महानगरीय प्रहरी वृत्त, स्वयम्भुले शनिबार पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान गरी के कस्तो कारवाही प्रक्रिया अगाडि भन्ने बारेमा छलफल भइरहेको पनि प्रहरी स्रोतले उल्लेख गरेको छ ।