ई–आर्थिक, काठमाडौं : काभ्रेका पुराना पत्रकार विष्णुप्रसाद चौलागाईँको निधन भएको छ । काभ्रे पोस्टका प्रधान सम्पादक ५१ वर्षीय चौलागाईंको कोरोना संक्रमणका कारण निधन भएको हो । चौलागाईं लामो समयदेखि काभ्रेमा रहेर पत्रकारितामा क्रियाशील थिए।
ब्रोनक्राइटिस पीडित उनलाई कोरोना संक्रमण भएपछि ओम अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमै उपचारको क्रममा शुक्रबार बिहान उनको निधन भएको थियो ।
असोज २६ गते कोरोना संक्रमण पुष्टि भएपछि ज्वरो बढ्दै स्वास्थ्यमा थप समस्या देखिन थालेपछि उनलाई ओम अस्पतालमा भर्ना गरिएको थियो ।
उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिनेछ ।