२०८३ साउन ९ शनिबार

नागरिक लगानी कोषले १२ अर्ब ५६ करोड मुद्दती निक्षेपमा राख्न निकाल्यो सूचना, बैंकहरुबीच होड चल्ने

ई आर्थिक    शनिबार, कार्तिक १ २०७७
7.3K
Shares
नागरिक लगानी कोषले १२ अर्ब ५६ करोड मुद्दती निक्षेपमा राख्न निकाल्यो सूचना, बैंकहरुबीच होड चल्ने

ई–आर्थिक, काठमाडौं । नागरिक लगानी कोषले १२ अर्ब ५६ करोड तीन लाख रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा राख्न सूचना जारी गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गका वाणिज्य बैंकमा एकदेखि दुई वर्षसम्म मुद्दती निक्षेपमा राख्न लागिएको कोषले जानकारी दिएको छ ।

कोषले आफूले लिन चाहेको रकम, ब्याजदर तथा ब्याज भुक्तानी गर्ने समयावधि उल्लेख गरी सिलबन्दी प्रस्ताव बुझाउन पनि बैंक वित्तीय संस्थालाई आग्रह गरेको छ ।

कोषले आगामी कात्तिक २ गतेभित्र प्रस्ताव बुझाउन भनेको छ । कोषमा रकम जम्मा गरेका तथा विभिन्न क्षेत्रमा गरेको लगानीको प्रतिफलबाट प्राप्त गरेको रकम मुद्दती निक्षेपमा राख्दै आएको छ । कोषको यस्तो ठूलो रकम लिन बैंकहरुबीच होड नै चल्ने गरेकोे छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij