२०८३ साउन १२ मंगलबार

कोरोनाका गम्भीर विरामीलाई एयर लिफ्टिङको व्यवस्था

ई आर्थिक    सोमबार, असोज २६ २०७७
4.6K
Shares
कोरोनाका गम्भीर विरामीलाई एयर लिफ्टिङको व्यवस्था

हवाई उद्धारसम्बन्धी निर्देशिका जारी

ई–आर्थिक, काठमाडौं । कोरोना संक्रमण भई गम्भीर अवस्थामा पुगेको विरामीलाई हवाई उद्दार गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसका लागि एयर लिफ्टिङ गर्ने सम्बन्धी मापदण्ड–२०७७ जारी गरेको छ ।

कोरोनाका विरामी बढेसँगै गम्भीर अवस्थाका विरामी पनि बढिरहेकाले त्यस्ता बिरामीका लागि सुरक्षित रूपमा तत्काल विमान मार्फत उद्धार गरी उपचार गर्नुपर्ने भएकाले उक्त निर्देशिका जारी मन्त्रालयले जानकारी दिएको छ । यो मापदण्ड गम्भीर प्रकृतिका कोभिड–१९ बिरामीका लागि लागू हुने जानकारी मन्त्रालयले दिएको छ । कोरोनासँग सम्बन्धित विरामीलाई लक्षित गरी यो मापदण्ड ल्याइएको हो । तर कोरोना सम्बन्धि साधारण र मध्यम प्रकृतिका बिरामीका लागि भने एयर लिफ्टिङ दिइने व्यवस्था नभएको मन्त्रालयले स्पष्ट पारेको छ ।

यस्ता विरामीले लिफ्टिङ्ग लिन अस्पतालमा उपचार सम्भव नभएको भनी उपचाररत चिकित्सकले अनिवार्य रूपमा सिफारिस गरेको हुनुपर्ने व्यवस्था पनि मापदण्डमा उल्लेख छ । त्यस्तै विमान अवतरण गर्ने स्थानबाट बिरामीलाई अस्पतालसम्म पु¥याउन मापदण्ड पूरा गरेका एम्बुलेन्सलाई अग्रिम निश्चित गरेको हुनुपर्ने मापदण्डमा उल्लेख गरिएको छ ।

यस्तै एयर लिफ्टिङ गर्दा विमान, हेलिकप्टर, एयर एम्बुलेन्सले जनस्वास्थ्यका मापदण्ड अपनाई कोभिड–१९ बिरामीको ओसारपसार गर्नुपर्ने हुन्छ । उक्त मापदण्डमा विमानमा एक जना मेडिकल अफिसरसहित कम्तीमा दुई स्वास्थ्यकर्मी अनिवार्य हुनुपर्ने र उक्त व्यवस्था विमान कम्पनीले नै गर्नुुपर्ने भएको छ ।

विमानमा अक्सिजनका साथै लाइफ सेभिङ मेडिसिन, पर्याप्त मात्रामा पीपीई, सेनिटाइजर, डिसइन्फेक्टेड लगायत औषधि तथा औषधिजन्य सामग्री अनिवार्य रूपमा हुनुपर्ने, विमान चालक दलका कर्मचारी, स्वास्थ्यकर्मी, बिरामी तथा बिरामीका आफन्तले अनिवार्य रूपमा जनस्वास्थ्यका मापदण्ड अपनाउनुपर्ने पनि मापदण्डमा उल्लेख छ । यो मापदण्ड ल्याएसँगै कोरोना संक्रमण भई गम्भीर विरामी परेकालाई समयमै ठाउँमा उपचार गरी लाभ लिन सक्ने विश्वास मन्त्रालयले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij