२०८३ साउन ९ शनिबार

अख्तियारद्वारा बुटवलका राजश्व प्रमुख विजय रानाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

ई आर्थिक    सोमबार, असोज २६ २०७७
3K
Shares
अख्तियारद्वारा बुटवलका राजश्व प्रमुख विजय रानाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

ई–आर्थिक, बुटवल । व्यवसायीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय रानाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

गुट्खा तथा चिनी व्यवसायी अनिलकुमार झाबाट मासिक रुपमा घुस लेनदेन गर्ने गरेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले प्रमुख अनुसन्धान अधिकृत राना र व्यवसायी झालाई दुई लाख रुपैयाँ घुस लेनदेन भएको अभियोगमा पक्राउ गरेको थियो ।

आयोगले आरोपीद्वय राना र झाविरुद्ध बिगोअनुसारको कारवाहीको माग गर्दै आइतबार अदालतमा मुद्दा दायर गरेको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij