ई-आर्थिक, काठमाडौं। प्रभु बैंकले बागलङ जिल्लाको बाढी पहिरोले क्षतिग्रस्त ढोरपाटन नगरपालिकालाई पाँच लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।
बाढी पहिरोले क्षतिग्रस्त क्षेत्र वडा नं. ७, ८ र ९ को निरिक्षणपछि बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बागलुङ ढोरपाटन नगरपालिकाको उद्धार कोषमा उक्त सहयोग गरेका हुन् ।
बाढी पहिरोले क्षतिग्रस्त क्षेत्रको गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री किरण गुरुङ र भौतिक योजना मन्त्री रामशरण बस्नेतबाट पनि बिशेष निरिक्षण भएको छ ।
सो अवसरमा मन्त्री द्वयले बाढी प्रभावित स्थानियहरुको समस्या बुझी शीघ्र उक्त ठाउँहरुमा केन्द्रिय विद्युत प्रसारण लाइनको सेवा पु¥याउने क्षतविक्षत भएका संरचनाहरुको निर्माणका लागि प्रदेशका तर्फबाट बिशेष प्रकारको सुविधा सम्पन्न सेवा प्रवाहिका लागि कार्यालय स्थापना गर्ने जानकारी दिए ।
करिब ३७ जनाले ज्यान गुमाएको, विद्यालय, स्वास्थ्य चौकी, लघु जलविद्युत, पुल र १०० वटा जति घर उक्त घटनाको कारण ध्वस्त भएका छन ।
बुर्तिबाङमा आयोजित कार्यक्रममा ढोरपाटन नगरपालिकाका प्रमुख, आर्थिक मामिलामन्त्री र भौतिक योजनामन्त्रीले विशेष मन्तब्य राखेका थिए ।