२०८३ साउन ९ शनिबार

आयल निगमका कार्यकारी निर्देशक पौडेललाई कोरोना सङ्क्रमण, अवस्था भने सामान्य

ई आर्थिक    शुक्रबार, असोज १६ २०७७
2.6K
Shares
आयल निगमका कार्यकारी निर्देशक पौडेललाई कोरोना सङ्क्रमण, अवस्था भने सामान्य

ई–आर्थिक, काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्यमा सामान्य समस्या आएपछि परीक्षण गराउँदा बिहीबार पोजेटिभ रिपोर्ट आएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनी अहिले स्वास्थ्यमा समस्या देखिएपछि स्वाव दिएर तीन दिनदेखि होम आइसोलेसनमा रहेका छन् । सामान्य ज्वरोबाहेक अन्य समस्या अहिलेसम्म नदेखिएको स्रोतको भनाई छ ।

यसैबीच आयल निगमले एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै कार्यकारी निर्देशक पौडेलसँग एक हप्तामा सम्पर्कमा आएकालाई संयम अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij