२०८३ साउन १० आइतबार

भारतमा नौ लाख ६० हजार जना अझै पनि सङ्क्रमित अवस्थामै

ई आर्थिक    शनिबार, असोज १० २०७७
4.4K
Shares
भारतमा नौ लाख ६० हजार जना अझै पनि सङ्क्रमित अवस्थामै

नयाँदिल्ली, असोज १० गते। भारतमा कोरोना भाइरसबाट कूल सङ्क्रमितमध्ये नौ लाखभन्दा बढी अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् ।
सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार कूल नौ लाख ६० हजार ९६९ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका हुन् ।

भारतमा पछिल्लो २४ घण्टामा ८५ हजार ३६२ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । योसँगै भारतमा अहिलेसम्म कूल ५९ लाखभन्दा बढी सङ्क्रमित भएका छन् ।

भारतमा कोरोनाकै कारणले अहिलेसम्म मृत्यु भएकाहरुको सङ्ख्या ९३ हजार ३७९ पुगेको छ । तीमध्ये एक हजार ८९ सङ्क्रमितको पछिल्लो २४ घण्टामा मात्रै मृत्यु भएको हो ।

कोरोना भाइरबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भइसकेकाहरुको सङ्ख्या भारतमा ४८ लाख ४९ हजार ५८५ रहेको छ । प्रदेशअनुसार हेर्दा भारतमा सबैभन्दा बढी महाराष्ट्र प्रदेश प्रभावित भएको छ भने त्यसपछि क्रमशः कर्नाटक, आन्ध्र प्रदेश, उत्तर प्रदेश र तमिल नाडु अग्रस्थानमा रहेका छन् ।

भारतको मेडिकल रिसर्च काउन्सिलका अनुसार भारतमा अहिलेसम्म सात करोड दुई लाख ६९ हजार ९७५ जनाको कोरोना परीक्षण गरिएको छ ।

-रासस / एएनआई

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij