२०८३ साउन ९ शनिबार

निगमको आन्तरिक उडानमा नौ गन्तव्यमा नियमित उडान शुरु

ई आर्थिक    बुधबार, असोज ७ २०७७
3.1K
Shares
निगमको आन्तरिक उडानमा नौ गन्तव्यमा नियमित उडान शुरु

काठमाडौँ, असोज ७ गते । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आन्तरिक उडानमा नौ गन्तव्यमा आफ्नो नियमित सेवा प्रारम्भ गरेको जनाएको छ ।

उडानका लागि सरकारले निर्धारण गरेको स्वास्थ्यसम्बन्धी मापदण्डलाई आधार मानेर आन्तरिक उडान प्रारम्भ गरिएको कम्पनीले जनाएको छ । निगमले नियमित उडानसेवा थालेका गन्तव्यमा भोजपुर, दाङ, ताप्लेजुङ, खानीडाँडा, रुकुम, नेपालगञ्ज, बाजुरा, थामखर्क र फाप्लु रहेका छन् ।

त्यसमध्ये काठमाडौँबाट सोझै उडानका साथै रुकुम–नेपालगञ्ज, नेपालगञ्ज– जुम्ला, जुम्ला–नेपालगञ्ज, नेपालगञ्ज–रुकुम, नेपालगञ्ज–बाजुरा र बाजुरा–नेपालगञ्जका लागि पनि उडान निर्धारण गरिएको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।

निगमले यात्रुको चाप र मागलाई ध्यानमा राख्दै कुनै गन्तव्यमा हप्ताको तीन दिन, कतिपय गन्तव्यमा हप्ताको दुई दिन र केही स्थानमा दुई दिन उडान तालिका निर्धारण गरिएको उल्लेख गरेको छ ।

-रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij