२०८३ साउन ९ शनिबार

घरमा आइसोलेशनमा बस्नुपर्ने नियम तोड्नेलाई १५ लाख जरिबाना

ई आर्थिक    आइतबार, असोज ४ २०७७
19K
Shares
घरमा आइसोलेशनमा बस्नुपर्ने नियम तोड्नेलाई १५ लाख जरिबाना

नयाँ नियमको पालना भए नभएको प्रहरी र स्थानीय अधिकारीहरूले अनुगमन गर्नेछन्

ई–आर्थिक, काठमाडौं । इङ्गल्यान्डमा एक्लिएर बस्न अर्थात् सेल्फ आइसोलेशनमा बस्न दिइएको निर्देशन बेवास्ता गरे वा तोडे त्यस्ता व्यक्तिलाई १०,००० पाउण्डसम्म जरिवाना हुनसक्ने त्यहाँको सरकारले बताएको छ । नयाँ कानुनी कर्तव्य अन्तर्गत कोरोनाभाइरस सङ्क्रमण देखिएका वा हुने अवस्थामा भएका व्यक्तिले सेल्फ आइसोलेशनमा बस्नुपर्नेछ ।

नयाँ नियम अन्तर्गत कम आय भएकालाई एकपटक ५०० पाउण्ड सहायता दिनुपर्ने र आइसोलेशनमा बस्न बिदा नदिने रोजगारदातालाई पनि सजाय हुनेछ ।

कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेपछि प्रधानमन्त्री बोरिस जोनसनले प्रतिबन्धहरू कडा पार्दै गर्दा यी नियमहरू लागु गर्न लागिएको बताएका छन् ।
शनिवारमात्रै इङ्गल्यान्डमा कोभिड–१९ का ४,४२२ नयाँ बिरामीहरू थपिएका छन् र सङ्क्रमित २७ जनाको मृत्यु भएको छ ।

जरिबाना सुरुमा १,००० पाउण्ड हुनेछ भने दोहो¥याएर नियम तोड्ने र ‘एकदमै नराम्ररी नियम तोड्ने’लाई १०,००० पाउण्डसम्म हुन सक्नेछ । त्यहाँ अहिलेसम्म सेल्फ आइसोलेशनमा बस्ने सुझाव केवल निर्देशनका रूपमा मात्रै दिइएको थियो ।

इङ्ग्ल्याण्डका लागि नयाँ नियमहरू घोषणा गर्दै प्रधानमन्त्री जोनसनले भाइरससँग लड्ने सबैभन्दा उत्तम उपाय भनेको सबैले नियमको पालना गर्नुभएको बताए । ‘त्यसैले यी नियम मान्न कति महत्त्वपूर्ण छ भन्ने विषयलाई कसैले पनि कम आँक्न हुँदैन, नयाँ नियमहरूको अर्थ तपाईँलाई न्याश्नल हेल्थ सर्भिस एनएचएसले परीक्षण वा सङ्क्रमितको निकट रहेको भनेको छ भने तपाईँ नियम मान्न कानुनी रूपमा बाँधिनु भएको छ भन्ने हो ।’

नियम मान्न बेवास्ता गर्नेहरूले उल्लेख्य जरिबानाको सामना गर्नुपर्ने पनि उनले बताए । ‘जोखिममा रहेका मानिसलाई सङ्क्रमण हुनबाट जोगाउन, एनएचएसको रक्षा गर्न र जीवन बचाउनका लागि भाइरस नियन्त्रण गर्न हामीले गर्न सकिने सबै कुरा गर्नुपर्छ’, उनले भने ।

धेरै जरिबाना तिर्नुपर्नेमा आइसोलेशनमा बस्न रोक्ने रोजगारदाताहरू पनि पर्छन् । कम जोखिम रहेका राष्ट्रको सूचीमा नरहेका देशबाट यूके फर्किनेहरू १४ दिन क्वारन्टीनमा बसेको नपाइए उनीहरूमाथि पनि कानुनी कारबाही हुनेछ ।

अहिलेको नियमहरू धेरैजसो तोडिने गरेको र प्रभावकारी कार्यान्वयन नभएकोप्रति प्रधानमन्त्री जोनसन चिन्तित छन् । अहिले पाँचमध्ये चारजनाले सेल्फ आइसोलेशनमा बस्ने नियम तोड्ने गरेको बताएका छन् । सेप्टेम्बर २८ तारिखबाट भने नियम तोड्नेलाई जरिवाना लाग्नेछ ।

हाल इङ्गल्यान्डमा मात्रै लागु नयाँ नियमहरू वेल्स, स्कटल्याण्ड र उत्तरी आयरल्याण्डमा पनि लगाइने यूके सरकारको आशा छ । यी तीनवटा देशसँग कोरोनाभाइरससम्बन्धी आफ्नै नियमहरू लागु गर्ने अधिकार रहेको छ ।

सेल्फ आइसोलेशनमा बस्न भनिएकाहरू एनएचएसको परीक्षण र कन्ट्याक्ट ट्रेसिङमा निरन्तर रहनुपर्ने अधिकारीहरूले बताएका छन् । प्रहरीले पनि कोभिड–१९ का हटस्पट र उच्च जोखिम रहेका समूहहरूमा निरन्तर नियमको पालना भए नभएको जाँच गर्नुपर्नेछ बीबीसीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij