२०८३ साउन ९ शनिबार

ट्रेड युनियन निर्वाचनका कारणले कर्मचारी सरुवा नगर्न निर्देशन

ई आर्थिक    शुक्रबार, असोज २ २०७७
6.3K
Shares
ट्रेड युनियन निर्वाचनका कारणले कर्मचारी सरुवा नगर्न निर्देशन

काठमाडौँ, असोज २ गते। संघीय मालिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचनका कारणले कुनै पनि सरुवा, काज सरुवा नगर्न सबैलाई निर्देशन गरेको छ । मन्त्रालयका शाखा अधिकृत युवराज अर्यालले सूचना जारी गरी यही असोज २४ गतेसम्मका लागि कर्मचारीको सरुवा र काज सरुवा नगर्न अनुरोध गर्नुभएको हो ।

यही असोज २४ गते हुने निर्वाचनका लागि यही असोज १ गतेदेखि निर्वाचनको आचारसहिंता लागेकाले सरुवामा रोक लगाइएको हो । सरकारले निर्वाचन गर्नका लागि निर्वाचन कार्यालयसमेत स्थापना गरिसकेको छ । विसं २०७३ जेठ १९ गते भएको निर्वाचनको चार वर्ष कार्यकाल सकिएपछि निर्वाचन हुन थालेको हो । युनियनका कार्यवाहक अध्यक्ष भोला पोखरेलले कोरोना भाइरस (कोभिड–१९) का कारणले निर्धारित मितिमा निर्वाचन गर्न कठिनाइ हुने बताउनुभयो । देशभर करिब ८३ हजार निजामित कर्मचारी रहेका छन् ।

-रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij