२०८३ साउन ९ शनिबार

स्याउ जहाज चढन थाल्यो, अब भैंसीले खान पाउदैन (फोटोफिचर)

ई आर्थिक    शुक्रबार, असोज २ २०७७
14.3K
Shares
स्याउ जहाज चढन थाल्यो, अब भैंसीले खान पाउदैन (फोटोफिचर)
निमेन्द्र शाही, बाजुरा । ‘हामी बगैचामा स्याउ टिप्दा टिप्दै हाम्रो बारीको स्याउन जहाजमा चढेर तराई जान थाल्यो । अब हाम्रा भैंसीले स्याउ खाने दिन गयो । स्वामीकार्तिक खापर गाउँपालिका–३ पुरीन्द्र शाहीले खुसी हुँदै भने ।

उनले स्याउ खेती सुरु गरेको २० वर्ष भयो । बिगतमा स्याउ बारीमै कुहिएर झथ्र्यो काटेर गाई भैसीलाई खुवाउथे । अब उनका गाई भैंसीका लागि स्याउ सहज हुने छैन ।

बाजुरा जिल्लाको पुर्वोत्तर क्षेत्रका चार स्थानिय तहका जनताले स्याउँ खेती गर्ने गरेका छन् । गत बर्षबाट मात्र बाजुराको स्याउँ जिल्ला बाहिर जान लागेको हो ।

जिल्लामा दुई सय ३० हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको छ । हरेक बर्ष एक हजार ५० मेट्रिनटन स्याउ उत्पादन हुने गरेको छ । यस वर्ष स्याउँको फुल फुल्ने समयमा असिना आएकाले २५ प्रतिशत उत्पादन घटेको छ । अहिले उत्पादन भएको स्याउँ कोल्टी बिमान स्थलबाट नेपालगन्ज धनगढी लगायतका शहरमा गएको छ ।

स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटमा हरेक वर्ष उत्पादन भएको स्याउ गाउँमै थुप्रिन्थ्यो । बिक्रीका लागि बजार नहुँदा स्याउका दाना बारीमै कुहिन्थ्यो । अहिले समय फेरिएको छ । किसानले जहाज चढन नपाएपनि किसानले फलाएको स्याउँ जहाज चढेर बाहिरिएको छ ।

जुकोटमा अधिकांसका बारीमा २/४ सय वटा स्याउका बोट छन् । स्थानीय भूपेन्द्र शाहीको बारीमा ४ सय स्याउको बोट छ । अघिल्लो वर्ष मुस्किलले दुई हजार आम्दानी गर्ने गरेका थिए यसपाली । बोटमै प्रतिकेजी ४० रुपैयाँको दरले पैसा पाए । ‘स्याउ बिक्री हुँदैन भनेर बोट काटेको भए बर्बादै हुने रहेछ । अहिले बोटै पिच्छे पैसा फले जस्तो लागेको ।’ उनले भने ।

‘ठुलो क्षेत्रफलमा स्याउ लगाएकाहरु स्याउ खाने मान्छे नपाएर निराश थिए, गाई भैसीलाई कँुडो बनाएर खुवाउथे । गत बर्षबाट किसानले मुल्य पाउन थालेका छन् ।’ सुनन्दा माध्यमिक बिद्यालयका शिक्षक प्रताब बहादुर शाहीले भने ।

सडक सञ्जालले नजोडिएको यस जिल्लाका स्याउँ फल्ने बस्तीहरुमा अझै पनि खच्चरबाट ढुवानी गरेर कोल्टीको बिमानस्थल ल्याउने गरिन्छ ।

राजधानीबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij