२०८३ साउन १० आइतबार

कलकारखाना रंगीचंगी पार्दै विश्वकर्माको विशेष पुजा गरिदै

ई आर्थिक    बिहिबार, असोज १ २०७७
8.4K
Shares
कलकारखाना रंगीचंगी पार्दै विश्वकर्माको विशेष पुजा गरिदै

एसओएस मेनपावर कम्पनीका निर्देशक बिजु राउत मेनपावर परिसरमा तयार गरिएको विश्वकर्मा बाबाको मन्दिरमा पुजा गर्दै ।

ई–आर्थिक, काठमाडौं । आश्विन सङ्क्रान्तिका दिन आज विश्वकर्मा पर्व मनाइँदै छ । कलकारखानामा रंगीचंगी पार्नुका साथै सम्पूर्ण विश्वकर्माको विशेष पूजाआजा गरेर आज विश्वकर्मा पर्व मनाइन्छ । आजका दिन आफनो फलामे औजारको पूजा गर्नाले लामो समय सम्म टिक्ने जनबिश्वास भएको काठमाडौंको न्यूप्लाजामा रहेको पाथीभारा अफ्सेट प्रेसका सञ्चालक निरज नेपालले बताए ।

परम्परा देखि चलिआएको रितिरिवाजअनुसारले नै आफूले पनि प्रेस मेशिनहरुको पुजाआज गरेर विश्वकर्मा पुजा मनाईरहेको प्रेस सञ्चालक नेपालले जानकारी दिए ।

हाम्रो धर्म, संस्कृत र परम्परालाई निरन्तरता दिनु हामी सबैको कर्तव्य भएको एसओएस मेनपावरका निर्देशक बिजु राउतले बताए । ऐतिहासिक महत्वका यस्ता परम्परालाई निरन्तरता दिनेलाई भगवानले समेत हेर्ने कुरामा आफू पनि विश्वस्त रहेको उनको भनाई छ ।

द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास रहेको छ । एकै रातमा समुद्रका बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी पूजाआजा गर्ने चलन रहेको छ ।

विश्वकर्मा पुजाको अवसरमा बर्ष भरी कुनै अप्रिय घटना नहोस् भनी मेसिन तथा औजारहरुको पूजा गर्ने चलन रहेको छ । देशका विभिन्न भागमा रहेका मजदुरहरुले ध्वजापाताले कलकारखाना, यातायात लगायतका फलामे औजारहरुलाई सजाउने र विश्वकर्माको मुर्ति वा तस्विरमा पूजा गर्नुका साथै प्रसाद चढाउने गर्दछन् । आजको दिनलाई वास्तु शास्त्रीले वास्तु दिवसका रुपमा समेत मनाउने गदर्छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij