२०८३ साउन १० आइतबार

सिन्धुपाल्चोकको राम्चेलाई केन्द्र बनाएर ६ रेक्टर स्केलको भूकम्प

ई आर्थिक    बुधबार, भाद्र ३१ २०७७
6.2K
Shares
सिन्धुपाल्चोकको राम्चेलाई केन्द्र बनाएर ६ रेक्टर स्केलको भूकम्प

ई-आर्थिक, काठमाडौं । बुधबार बिहान सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रविन्दु बनाएर ६.० रेक्टर स्केलको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान ५ बजेर १९ मिनेट जाँदा भूकम्प गएको हो ।

सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्प गए पनि काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा यसको ठुलै धक्का महसुस गरिएको थियो ।

भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी भने प्राप्त भएको छैन ।

यसअघि भदौ २६ गते नेपाल-भारत सीमानजिक केन्द्रविन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij