२०८३ साउन ९ शनिबार

सल्यानको कपुरकोट बजार एकसाताका लागि सिल

ई आर्थिक    बिहिबार, भाद्र १८ २०७७
9.3K
Shares
सल्यानको कपुरकोट बजार एकसाताका लागि सिल

सल्यान, भदौ १८ गते । तरकारी बिक्रिका लागि प्रख्यात मानिएको कपुरकोट बजार क्षेत्र एक साताका लागि सिल गरिएको छ । धनवाङ स्वास्थ्य चौकी कपुरकोटमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना भाईरस (कोभिड–१९) को संक्रमण पुष्टी भएपछी एक साताका लागि सिल गरिएको हो ।

संक्रमीत ब्यक्ति धेरैको सम्पर्कमा रहेकाले र यस अघि पनि समुदाय स्सतरमा गरिएको परीक्षणमा एक ब्यक्तिलाई कोरोना भेटिएपछी स्थितिलाई भयावह हुनबाट रोक्नका लागि सिल गरिएको कपुरकोट गाउँपालिकाले जनाएको छ ।

कपुरकोट गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले विहिबार राती १० बजे देखि यहि भदौ २५ गते राती १० बजे सम्मका लागि कपुरकोट गाउँ कार्यापालिकाको कार्यालयय, ३ नम्बर वडा कार्यालय तथा कपुरकोट बजार क्षेत्रका सम्पूर्ण सरकारी तथा गैर सरकारी कार्यालय, बैंक, वित्तीय संस्थाहरुले प्रदान गर्ने सेवा बन्द गरी कपुरकोट बजार क्षेत्र पूर्ण रुपमा सिल गरिएको वताउनुभयो । उहाँका अनुसार कपुरकोटमा सञ्चालन हुने तरकारी बजारमा समेत बन्द गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारीले कुनै पनि ब्यापारीहरुलाई गाउँमा जान प्रतिबन्ध लगाइएको एवम् सम्बन्धित वडाका किसानहरुले आफ्नो वस्तीबाटै तरकारी लोड गरेर बजार पठाउने ब्यवस्था मिलाउन कृषि उपज बजार केन्द्रलाई निर्देशन गरिएको वताउनुभयो ।
गाउँपालिकाले संक्रमित ब्यक्तिको सम्पर्कमा रहेका र जोखिमयुक्त समूहका ब्यक्तिहरुको स्वाब संकलनलाई तिव्र वनाएको छ ।
स्वास्थ्य संयोजक अरुण दाहालले धनवाङ स्वास्थय चौकीमा अन्य स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मीहरुलाई काजमा खटाएर आकस्मीक सेवा र प्रसुति सेवा सञ्चालनको ब्यवस्था मिलाइएको वताउनुभयो ।

कपुरकोट तरकारी संकलन केन्द्र र अन्य २८ सहायक बजारबाट गत वर्ष २६ करोडको वरावरको तरकारी निर्यात भएको हो । कपुरकोटको तरकारी बुटवल, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर, दाङ तुलसीपुर लगायतका बजारमा जाने गरेको छ ।
जिल्लामा अहिले सम्म ३सय जनामा संक्रमण पुष्टि भएको छ ।

-रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij