२०८३ साउन ९ शनिबार

१२ मिनेटमै कोरोना रिपोर्ट दिने उपकरण आउँदै

ई आर्थिक    बिहिबार, भाद्र ११ २०७७
6.5K
Shares
१२ मिनेटमै कोरोना रिपोर्ट दिने उपकरण आउँदै

काठमाडौँ : स्कटल्यान्डको सरकारले १२ मिनेटमै कोरोना परीक्षणको नतिजा (रिपोर्ट) दिने उपकरण बनाउने तयारी भइरहेको जानकारी दिएको छ ।

त्यसका लागि स्वास्थ्य उपकरण बनाउने कम्पनी लुमिराडिएक्ससँग सम्झौता भइसकेको स्कटल्यान्ड सरकारले जनाएको छ ।

सम्झौतासँगै लुमिराडिएक्स कम्पनीले अब स्टरलिङस्थित आफ्नो कारखानामा कोरोना जाँचका लागि विशेष उपकरण बनाउने बताइएको छ । जसलाई सजिलै एक ठाउँबाट अर्काे ठाउँ सार्न सकिने तथा सानो क्लिनिकमा पनि स्थापना गर्ने सकिने कम्पनीले जनाएको छ ।

कोरोना परीक्षण प्रविधिको मान्यता अमेरिकाको फेडलर ड्रग एडमिनेस्ट्रेसनले दिन्छ र स्कटल्यान्ड र युरोप यसको अन्तिम चरणमा छन् ।

स्कटल्यान्ड सरकारका मन्त्री इवान म्याक्कीले भने, ‘लुमिराडिएक्ससँग जुन सम्झौता भएको छ, यसअन्तर्गत उसले हामीलाई १२ मिनेटमा कोरोना परीक्षणको नतिजा दिने स्वास्थ्य उपकरण उपलब्ध गराउने छ। जुन उपकरण कोरोना महामारीविरुद्धको युद्धमा महत्वपूर्ण हुनेछ।’ स्राेत : बिबिसी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij