२०८३ साउन ९ शनिबार

अमेरिकामा प्रहरीद्वारा मारिए अश्वेत, ठू्लो हिंसा भड्कने डर

ई आर्थिक    बिहिबार, भाद्र ११ २०७७
5.5K
Shares
अमेरिकामा प्रहरीद्वारा मारिए अश्वेत, ठू्लो हिंसा भड्कने डर

विस्कन्सिन : अमेरिकाको विस्कन्सिन राज्यमा प्रहरीको गोलीले दुई जनाको मृत्यु भएको छ । प्रहरीले एक जना अश्वेतलाई गोली प्रहार गरेको विरोधमा भएका प्रदर्शनका क्रममा २ जनाको मृत्यु भएको हो । प्रहरीले तीन जनालाई गोली लागेको पुष्टि गरे पनि थप विवरण सार्वजनिक गरेको छैन ।

प्रहरीको गोली लागी ज्याकोब ब्लेक गम्भीर घाइते भएको विरोधमा विस्कन्सिनको केनोसामा प्रदर्शन गरिएको हो । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा एक कारमा आड लागेका २९ वर्षीय ब्लेकलाई कैयौं पटक गोली प्रहार गरिएको देखिएको थियो ।

ब्लेकका वकिलहरूले त्यसलगत्तै पनि उनी हिँड्नु जादुजस्तै भएको बताएका छन् । गोली प्रहारका कारण उनमा पक्षघात भएको जनाइएको छ । उनकी आमा जुलिया ज्याक्सनले आफ्नो छोराले मृत्युसँग लडिरहेको जनाएकी छन् । त्यसयता कफ्र्युको उल्लंघन गर्दै स्थानीयले प्रदर्शन जारी राखेका छन् । प्रहरीको गोली लागी एक जना गम्भीर घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार एक पेट्रोल स्टेसनमा तैनाथ सुरक्षाकर्मी र प्रदर्शनकारीबीच हिंसात्मक झडपहरू भएको जनाइएका छन् ।

विस्कन्सिनका गभर्नर टोनी एभर्सले सहरमा जारी प्रदर्शन रोक्न थप फौज परिचालन गरिएको मंगलबार जनाएका छन् । उनले स्थानीय प्रहरीलाई सहयोग गर्न नेसनल गार्डलाई बोलाइएको बताए । घटनापछि विस्कन्सिनमा आपत्कालीन अवस्थाको घोषणा गरिएको छ ।

बीबीसीका अनुसार कतिपय प्रदर्शनकारीले बेसबलको ब्याटले कार तथा भौतिक सम्पत्तिमाथि आक्रमण गरेका थिए । ओरिगनको पोर्टल्यान्ड तथा मिनिसाटाको मिनियापोलिसमा समेत प्रदर्शहरू गरिएको जनाइएको छ । मिनियापोलिसमा प्रहरी नियन्त्रणमा एक अश्वेत नागरिक जर्ज फ्लोयडको मृत्यु भएपछि अमेरिकाव्यापी प्रदर्शन चर्केको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij