२०८३ साउन ११ सोमबार

उपत्यकामा जारी निषेधाज्ञा थपिने संकेत, निषेधाज्ञ थप्ने-नथप्ने विषयमा छलफल गर्न आज तीन प्रजिअहरूको बैठक बस्दै

ई आर्थिक    मंगलबार, भाद्र ९ २०७७
18.7K
Shares
उपत्यकामा जारी निषेधाज्ञा थपिने संकेत, निषेधाज्ञ थप्ने-नथप्ने विषयमा छलफल गर्न आज तीन प्रजिअहरूको बैठक बस्दै

ई–आर्थिक, काठमाडौं । उपत्यकामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण बढेसँगै उपत्यकामा जारी निषेधाज्ञ थप्ने तयारी भइरहेको बुझिएको छ । उपत्यकामा दैनिक बढिरहेको संक्रमण, मेयर फोरमको सुझाब, चिकित्सकको चेतावनीलाई समेत मध्येनजर गरेर निषेधाज्ञ लम्व्याउने तयारी भइरहेको हो ।

भोलिबाट सकिन लागेसँगै तीन उपत्यकामा जारी निषेधाज्ञा थप्ने–नथप्ने विषयमा छलफल गर्न आज तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने स्रोतले उल्लेख गरेको छ ।

आज मङ्गलबार ३ः०० बजे जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्ने भएको हो ।

उपत्यका मेयर फोरमले प्रमुख जिल्ला अधिकारीहरूलाई निषेधाज्ञा थप्न अनुरोध गरेको, जारी निषेधाज्ञाको समयावधि भोलिबाट सकिन लागेसँगै तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्न लागेको हो ।

जारी निषेधाज्ञाको समीक्षा, मेयर फोरमको अनुरोधका साथै निषेधाज्ञाले कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा कस्तो भूमिका खेल्यो भन्ने विषयमा छलफल हुन लागेको स्रोतले जानकारी दिएको छ ।

आजको बैठकले निषेधाज्ञाको टुंगो लाग्ने समाचार स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार संक्रमितको बढ्दो अनुपातलाई हेरेर आगामी एक हप्तासम्म निषेधाज्ञा बढाउने तयारी भइरहेको हो । संक्रमित बढीरहेको अवस्थामा निषेधाज्ञा हटाउनु खतरा हुने स्वास्थयविज्ञहरुको धारणालाई समेत मध्येनजर गरेर निषेधाज्ञा एक हप्ता लम्ब्याउने तयारी भइरहेको सरकारी स्रोतले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij