मृत्यु हुने ८ जना थपिएर १५७ पुग्यो, काठमाडौं उपत्यकामा मात्र २२४ संक्रमित
ई–आर्थिक, काठमाडौं । मुलुकभर ७४३ जना कोरोनाका संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ७४३ थपिएर मुलुकभर संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयले सोमबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले थपिएका नयाँ संक्रमितसँगै २४ घण्टामा नेपालमा कोरोना संक्रमणमुक्त भएर घर फर्किनेको संख्या १७५ जना रहेको छ । योसँगै हालसम्म निको हुनेको संख्या १८ हजार ८ सय ६ जना पुगेको छ ।
सोमबारसम्म पीसीआर विधिबाट ६१०४६९ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घण्टामा जम्मा १० हजार २३४ पीसीआर परीक्षण भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ११ हजार २ सय ७५ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या १३ हजार ७१५ जना रहेको छ ।
मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौं उपत्यकामा मात्र २२४ संक्रमित भेटिएका छन् । काठमाडौमा १७७ जना, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै बाराका ९४ जना, कैलालीका ७९, पर्साका ३४, चितवनका ३२, मोरङका ३१, सुनसरीका २३, जाजरकोट र कञ्चनपुरका १९र१९ जना, मकवानपुर र रुकुम पश्चिमका १८र१८ जना, सप्तरीका १५, सुर्खेतका ११, सिराहाका १० र कपिलवस्तुका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सर्लाही र बाँकेका ८/८ जना, रुपन्देहीका ६, झापा, धनुषा, रौतहट, काभ्रे, सिन्धुपाल्चोक, नवलपुर र नवलपरासीका ५/५ जना, खोटाङ, गुल्मी र डडेलधुराका ४/४ जना, ओखलढुंगा, तनहुँ, कालीकोट र बैतडीका ३/३ र धनकुटा, संखुवासभा, धादिङ, रामेछाप, कास्की, बाग्लुङ, पाल्पा र रोल्पाका २÷२ मा संक्रमण देखिएको छ ।
त्यसैगरी यस्तै इलाम, उदयपुर, दोलखा, गोरखा, म्याग्दी, स्याङ्जा, अर्घाखाँची, बर्दिया, दार्चुला र बाजुरामा एक–एक संक्रमित थपिएका छन् ।
कोरोनाभाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा सुनसरीका १, मोरङका १, पर्साका १, काठमाडौंका १, रुपन्देहीका ४ जना गरी ८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसंगै कोरोना संक्रमणबाट मुलुकभर मृत्यु हुनेको कुल संख्या १५७ पुगेको छ ।