२०८३ साउन ९ शनिबार

अमेरिकी अभिनेत्री लोरीले गल्ती गरेपछि आँशु झार्दै माफी मागिन, अदालतले सुनायो जेल सजाय

ई आर्थिक    आइतबार, भाद्र ७ २०७७
8.5K
Shares
अमेरिकी अभिनेत्री लोरीले गल्ती गरेपछि आँशु झार्दै माफी मागिन, अदालतले सुनायो जेल सजाय

ई–आर्थिक, वासिङटन : अमेरिकन अभिनेत्री लोरी लोलीनलाई एक कलेज भर्ना सम्बन्धी घोटालाको षड्यन्त्र गरेको अभियोगमा दुई महिनाको जेल सजाय सुनाइएको छ ।

उनका पति मोसिमो इआन्नुली पनि यस घोटालामा दोषी ठहर भएका छन् । उनीहरुले अमेरिकी प्रतिष्ठित विश्वविद्यालयमा भर्ना सम्बन्धी घोटाला गरेको अभियोग छ । अभिनेत्री लोरीले यस घटनामा आफ्नो गल्ती स्वीकार गर्दै आँशु झारेर माफी समेत मागेकी छन् ।

‘मैले छोरीहरुलाई अनुचित लाभ दिने गरी यस्तो गरेकी थिएँ । मैले सोचेको थिएँ कि, मैले सन्तानको मायाको लागि यो काम गर्दैछु । तर यथार्थमा यसले मेरा छोरीहरुको क्षमता र उपलब्धिमा क्षति पुगेको छ,’ अभिनेत्री लोरीले भनेकी छन् । नोभेम्बर १९ को २ बजेसम्म उनलाई कारागार पठाइनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij