२०८३ साउन ११ सोमबार

नेपालमा कोरोनाको बढ्न थाल्यो त्रास : फेरि उपत्यकामा १६८ सहित थप ५८१ जनामा संक्रमण पुष्टि, तीनकाे मृत्यु

ई आर्थिक    सोमबार, भाद्र १ २०७७
4.2K
Shares
नेपालमा कोरोनाको बढ्न थाल्यो त्रास : फेरि उपत्यकामा १६८ सहित थप ५८१ जनामा संक्रमण पुष्टि, तीनकाे मृत्यु

ई–आर्थिक, काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना संक्रमित दिनहुँ बढ्न थालेसँगै चौतर्फि त्रास बढ्न थालेको छ। सोमबार कोरोना भाइरसका ५८१ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ११ हजार ५२० जनामा पीसीआर परीक्षण गरिएको छ भने सक्रिय संक्रमितहरू नाैहजार ६४९ रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थपिएका संक्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २७ हजार २४१ पुगेको जानकारी दिए । क्वारेन्टिनमा १५ हजार १५८ रहेका छन् ।

पछिल्लो २४ घण्टामा १६० जना संक्रमित निको भएर घर फर्किएका छन् । याेसँगै हालसम्म १७ हजार ७९५ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

उपत्यकामा १६८ जना संक्रमित

काठमाडाैँ उपत्यकामा १६८ जना नयाँ थपिएका छन् । काठमाडाैँमा १३९, ललितपुरमा १५ र भक्तपुरमा १४ जना थपिएका छन् ।

साेमबार तीनकाे मृत्यु, कुल संख्या १०७ पुग्याे,

सोमबार तीनजनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । रौतहटका ३२ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष र काठमाडौंका ५८ वर्षीया महिलाको निधन भएको छ । योसँगै मृत्यु हुनेको कुल संख्या १०७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij